नेपाली जनताले हाम्रो पार्टीलाई आशाको नजरले हेरेको छः माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिनु भएको छ।

अध्यक्ष नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरूमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर जिल्ला जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सैह्य नहुने बताउनु भएको हो। मंगलबार काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादी सँग नेकपा (गौरवशाली) पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै वहाँले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताउनु भयो ।

वहाँले सहमति नजुटे एक्लै निर्वाचन जाने सक्ने बताउनु भयो । ‘सहमति हुन सकेन भने मित्रतापूर्ण प्रतिस्पर्धाको आधारमा जाने भन्ने पनि हामीले टुंगो लगाएका छौं । यस सन्दर्भमा आज पनि हामी फेरि छलफल गर्छौ ‘ वहाँले भन्नुभयो ।

वहाँले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको र आम नेपाली जनताले पनि आफ्नो पार्टीलाई आशाको नजरले हेर्ने गरेको बताउनु भयो । अध्यक्ष नेपालले पार्टीको पक्षमा जनलहर ल्याउने गरी चुनावको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले निर्वाचनमा आफ्नो पार्टीको चिन्ह कलम भएको र यसको प्रचारप्रसारमा जोड दिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us