सिन्धुपाल्चोक भूकम्प : साढे ७ बजेसम्म २३ वटा पराकम्प

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा ६.१ म्याग्निच्युडको भूकम्प गयो । त्यसपछि बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण संकलन कार्य जारी रहेको जनाएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेको उनले बताए । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ ।

उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताए । विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली आवश्यकता अनुसार फिल्डमा खटिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us