ओसासुनामाथि सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा

एजेन्सी । ओसासुनामाथि सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा गए राती भएको खेलमा ओसासुनालाई ४–० को फराकिलो अन्तरले हराउँदै बार्सिलोना शीर्ष तीनमा पुगेको हो। दोस्रो हाफमा पाहुना टोलीले केही सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन। खेलको ७५औं मिनेटमा रिकी पुचले गोल गर्दै बार्सिलोनाको फराकिलो जित पक्का गरे। यो जितसँगै बार्सिलोनाले २७ खेलबाट ५१ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।

नोउक्याम्पमा बार्सिलोनाको फराकिलो जित दिलाउन फेरान टोरेसले दुई तथा पिएरे इमरिक औवामियाङ र रिकी पुचले समान १/१ गोल गरे। खेलको १४औं मिनेटमा फेरान टोरेसको पेनाल्टी गोलबाट घरेलु मैदानमा बार्सिलोनाले सुरूआती अग्रता लिएको थिय

२१ औं मिनेटमा टोरेसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। २७औं मिनेटमा डेम्वेलेकै पासमा पिएरे इमरिक औवामियाङले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमै ३–० को अग्रता दिलाए। समान ५१ अंक भए पनि एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिड गोल अन्तरमा पछि परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us