काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ‘ग्याल्पो ल्होसार’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नु भएको छ।
पूर्वप्रधानमन्त्री खनालले पूर्वी हिमाली क्षेत्रलगायत देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार शेर्पा समुदायको मौलिक र परम्परागत पर्व भएको बताउनु भएको छ।
शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ,‘पर्व शेर्पा समुदायमा सांस्कृतिक कार्यक्रम सहित हर्षोल्लासका साथ मनाइन्छ र मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार, आफन्तजन लगायतको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन रहिआएको छ। यस पर्बले आपसी सद्भाव, सहिष्णुता, सहकार्य, भातृत्व र एकतामा थप अभिवृद्धि गर्दै सबैलाई समाजवादको बाटोमा हिड्न अभिप्रेरित गर्नेछ भन्ने विश्वासका साथ फेरि एकपटक सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’