काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ ।
गाउँपालिकाले भाडामा लिएर प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालयको काम गर्दै आएको उक्त घरमा दिउँसो करिब १ बजेतिर आगलागी भएको हो ।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालयलगायतका सेवा दिँदै आइरहेको बताइन् ।
उनले विद्युत सर्ट भएर सल्किएको आगोकै कारण खाना पकाउने ग्यास सिलिन्डर विस्फोट घर नै उडेको बताइन् ।