काठमाडौं । कन्नड फिल्मकी अभिनेत्री रान्या राव सुन तस्करी प्रकरणमा पक्राउ परेकी छन् ।
सुन तस्करीको आरोपमा उनलाई बेंगलुरू अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । आईपीएस अधिकारी के रामचन्द्र रावकी छोरी समेत रहेकी उनी १५ दिनमा ४ पटक दुबई पुगेपछि प्रहरीको अनुसन्धानमा परेकी थिइन् ।
रान्याको साथबाट प्रहरीले सोमबार राति बेंगलुरूको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४.८० किलो सुन बरामद गरेको छ । उनले आफ्नो कपडामा सुन लगाएकी थिइन् ।
पक्राउपछि रान्यालाई बेंगलुरूको डिआरआई हेडक्वार्टरमा लगिएको छ । सुन तस्करीको काममा उनी एक्लै थिइन् वा दुबई र भारतबीच चलिरहेको ठूलो तस्करी सञ्जालको हिस्सा हो भन्नेबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।