तिलोत्तमा-१, नयाँमीलचोकमा कार र मोटरसाइकल ठोक्किँदा १९ वर्षीय रोशन परियारको मृत्यु भएको छ। गुल्मीको रुरु गाउँपालिका-३ स्थायी घर भई हाल बुटवल-३ ट्राफिकचोकमा बस्दै आएका परियार तिलोत्तमा-५ स्थित शान्ति नमुना माविका कक्षा १२ का विद्यार्थी थिए।
प्रहरीका अनुसार, बुटवलबाट आउँदै गरेको लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र हाइवे पश्चिम लेनबाट पूर्वतर्फ बाटो काट्दै गरेको बा २० च १७५४ नम्बरको कार एकआपसमा ठोक्किएका थिए। गम्भीर घाइते परियारको उपचारका क्रममा निधन भएको छ।
दुर्घटनापछि विद्यालयले शोकमा एक दिन बिदा दिने निर्णय गरेको छ। प्रहरीको अनुसार, कार र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।
सडक यात्रा गर्दा सतर्क बनौं!
तिलोत्तमा #सडकदुर्घटना #यात्रासुरक्षा
#तिलोत्तमा #सडकदुर्घटना #यात्रासुरक्षा