‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न सांसद रिजालको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद घनश्याम रिजालले दोलखालाई सङ्घीय राजधानी र मधेश प्रदेशसँग जोड्ने लाइफलाइनका रूपमा रहेको लामो–साँघु जिरी सडकमा पर्ने सुनकोशी र तामाकोशी नदीमा समयमा पुल निर्माण नहुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । ।

उनले चार दशक पहिले बनेको पुल साँघुरो र जीर्ण भएपछि नयाँ पूल निर्माण गर्न २०७३ सालमै ठेक्का सम्झौता भएपनि निर्माण हुन नसकेको बताए । उनले भने, ‘आठ वर्ष बितिसक्दा पनि तामाकोशीमा आंशिक तर सुनकोशीमा पूल निर्माण सुरु भएको छैन । पुल निर्माणमा ढिलाइ हुँदा दुर्घटनाको पनि जोखिम छ । फास्ट ट्रयाकमा पुल निर्माणको काम अघि बढाउन सरकारलाई ध्यानाकर्षण गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us