अनेरास्ववियूकी केन्द्रीय सचिव कार्की दैलेखको चामुन्डा बिन्द्रासैन नगरपालिकाको मेयरमा सिफारिस

काठमाडौं । अनेरास्ववियूकी केन्द्रीय सचिव मनिसा कार्की दैलेखको चामुन्डा बिन्द्रासैन नगरपालिकाको मेयरमा सिफारिस हुनुभएको छ । दैलेखमा बसेको जिल्ला पार्टीको मिटिङले नेतृ कार्कीलाई सिफारिस गरेको हो ।

सानै उमेरदेखि राजनीतिमा सक्रिय कार्कीले हाल नेकपा एकीकृत समाजवादीको विभिन्न कमिटीमा रहेर काम गर्दै आईरहनुभएको छ ।

देश विकास र परिवर्तनका लागि युवा नेतृत्व आवश्यक रहेको उहाँको भनाई छ । स्थानीय चुनाव आगामी बैशाख ३० गतेका लागि तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us