एमाले मोरङ अधिवेशन : ओली पक्षलाई पराजित गर्दै विद्यादेवी भण्डारी पक्षधर प्यानल नै निर्वाचित

काठमाडौ ।नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनको मतपरिणाम सार्वजनिक भएको छ ।बिहीबारदेखि सुरु भएको अधिबेशनको मतपरिणाम अनुसार अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पराजित भएको खबर प्राप्त भएको छ ।

नेकपा एमाले १० औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको गणनामा संस्थापन इतरको प्यानलै विजयी भएको छ ।

संस्थापन इतरको समूहको नेतृत्व अजम्वर राईले गरेका छन् । उपाध्यक्षमा सागर थापा, सचिवमा सोम थापा विजयी भएका छन् ।

त्यस्तै, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ती लिम्बू सचिवमा रबिन थापा उम्मेद्वार थिए । उप सचिवमा शिल्पा कार्की र इर्जालाल रजवंशी उम्मेदवार थिए ।

प्रदेशका सबै नेता राजकुमार ओझाकाे प्यानलमा उभिँदा विनाेद ढकाल एक्लैले राईकाे प्यानललाई काँध हालेका थिए । प्रदेश अध्यक्षमा चुनाव हारेसँगै खुम्चिएका ढकालले जिल्लामा सेटै विजयी गराएर शक्तिमा ‘शानदार’ पुनरागमन गरेका छन् ।

एमाले मोरङ निर्वाचन फाइनल नतिजा

अध्यक्ष
अजम्बर राई: ४४६ विनोद ढकाल समुह
राजकुमार ओझा: ४०७ केपी ओली समुह

उपाध्यक्ष
सागर थापा: ४२२ विनोद ढकाल समुह
शान्ती लिम्बू: ३९१ केपी ओली समुह

सचिव
सोमराज थापा: ४६२ विनोद ढकाल समुह
रविन थापा: ३६८ केपी ओली समूह

उपसचिव
सन्तोष वान्तवा: ४९० विनोद ढकाल समूह
इर्जालाल राजवशीं: ३११ केपी ओली समुह

उपसचिव महिला
उषा झा: ४१८ विनोद ढकाल समुह
शिल्पा कार्की: ४०५ केपी ओली समुह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us