सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टको वित्तीय समापन सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ ।

प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित परियोजनाको होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको हो । प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको छ ।

परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा रहेका छन् । उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने तयारी गरेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us