युक्रेनविरुद्ध युद्धमा होमिएको रुसद्वारा चीनसँग आर्थिक र सैन्य सहायता

एजेन्सी । युक्रेनविरुद्ध युद्धमा होमिएको रुसले चीनसँग आर्थिक र सैन्य सहायता माग गरेको छ। बीबीसीका अनुसार पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको सामना गर्न रुसले चीनसँग सहयोग माग गरेको हो।

यता अमेरिकास्थित चिनियाँ दूतावासले भने रुसको मागप्रति कुनै जानकारी नभएको बताएको छ। यद्यपि रुसलाई सहयोग गरे गलत नियति भोग्नुपर्ने अमेरिकाको चेतावनीका कारण चीनको त्यस्तो प्रतिक्रिया आएको बताइएको छ। रुस र चीन बलियो आर्थिक साझेदार हुन्। गत वर्ष मात्र यी दुई देशबीच एक सय ४७ बिलियन अमेरिकी डलर बराबरको व्यापार भएको थियो।

चीन र रुसले एक साताअघि मात्रै आफूहरूको सम्बन्धमा कुनै सीमा नरहेको बताएका थिए। सार्वजनिकरूपमा चीनले युक्रेन र रुस दुवै पक्षलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us