काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार रहेका कारण अप्ठ्यारो स्थिति रहेको बताएका हुन् ।
सोमवारबाट संघीय राजधानीमा सुरु भएको रोजगार मेलालाई सम्बोधन उनले देशभित्र नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि रहेको बताएका हुन् ।
खतिवडाका अनुसार अहिले वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, सम्मानित बनाउने, प्रतिफल युक्त बनाउने, वैदेशिक रोजगारीबाट फर्केकालाई श्रमबजारमा फेरि आवद्ध गर्ने, उनीहरुले ल्याएको आर्जनलाई स्वरोजगारी र कामको अवसर सिर्जना गर्नेमा काममा लगाउन सक्नुपर्छ ।
श्रम मन्त्रालयले श्रम सम्झौताहरु गर्दा विदेशमा रहेका नेपालीहरूको सामाजिक सुरक्षा ख्याल गर्नुपर्छ । नेपालमा रहँदा नेपाल सरकारले विदेशमा जाँदा त्यही रोजगारदाताले सामाजिक सुरक्षा दिने प्रत्याभुति गराएर वैदेशिक रोजगारीमा लैजाने अवस्थाको सिर्जना गर्नुपर्ने उनले बताए ।
आगामी एक दशक रोजगार दशक मनाइरहँदा एकदकपछि वैदेशिक रोजगारीमा कोही पनि जानुनपर्ने हामीले सिर्जना गर्नुपर्ने बताउँदै खतिवडाले त्यसका लागि केही सर्तहरू रहेको बताए ।
खतिवडाका अनुसार श्रमिकहरूको ज्याल दरहरू अहिले कम छन् । अहिलेको स्थितिमा एउटा श्रमिकले वर्षको ३ लाख ५० हजार आम्दानी उसको भएन भने गाह्रो छ ।
खतिवडाकाअनुसार कम ज्याला, कम उत्पादत्वलाई बढाउनका लागि प्रविधि, सीप, कमका शैलिमा परिवर्तन गराउन सक्नुपर्छ । ज्यालामा वृद्धि गरेर पनि व्यवसाय प्रतिस्पर्धी हुनसक्ने खतिवडाले बताए । सरकारले आफ्नो तवरबाट न्यूनतम ज्यालाहरू निरन्तर वृद्धि गरिएको उनको भनाइ छ ।