मिटर ब्याज पीडित ६० वर्षीय साहले गरे सीडीओ कार्यालय अगाडि आत्मदाहको प्रयास

काठमाडौं । पर्सामा एक जना मिटर ब्याज पीडितले जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका छन् ।

सोमबार करिब साढे १२ बजेको समयमा मिटर ब्याज पीडित बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज नगरपालिका-२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साहले जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेको पर्साका सीडीओ गणेश अर्यालले जानकारी दिए ।
उनका अनुसार मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै साहले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । सीडीओ अर्यालका अनुसार एक लाख ५० हजार रुपैयाँ ऋण लिएका साहले सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएका थिए । अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us