फुटबलर पेले अस्पतालमा भर्ना

काठमाडौं। पूर्व फुटबल खेलाडी एडसन अरेन्टेस डो नासिमेन्टो “पेले“लाई सोमबार अस्पतालमा भर्ना भएका छन् । इजरायलिटा अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका पेलेकोे अवस्था स्थिर रहेको र केही दिनमा अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि पेलेको कोलोन टुमरको उपचारको क्रममा रहेका छन् । उनको सो रोग २०२१को सेप्टेम्बरमा पत्ता लागेको थियो । उनको स्वास्थ्य अवस्था राम्रो र स्थिर छ, र अस्पतालबाट अबको केही दिनमा डिस्चार्ज हुनेछन् अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

पेले इतिहासमा सबैभन्दा महान फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ । तीन पटकको विश्व च्याम्पियन ब्राजिलका पेलेको गत वर्ष सेप्टेम्बरमा कोलोन ट्युमर हटाइएको थियो । त्यसपछि उनको उपचार जारी राख्न नियमित अस्पतालमा आउने गरेका थिए । फेब्रुअरीमा उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यसबेला पिसाबमा संक्रमण भएको कारण करिब दुई हप्ता अस्पतालमा बिताएका थिए । पेले अस्पतालमा भर्ना भएको रिपोर्ट गरिएको त्यो नै अन्तिम पटक थियो ।

सन् २०१४ देखि पेलेलाई केही स्वास्थ्य समस्याहरू थिए । त्यो वर्ष जब उनलाई पिसाबमा संक्रमण भएको थियोे र त्यसबेला उनको बायाँ मृगौलामा डायलासिस गर्नुपर्‍यो, साथै उनलाई हिपमा पनि समस्या भएको थियो । २०१९ मा साओ पाउलोमा पेलेको मिर्गौलाको पत्थरीको सफलतापूर्वक शल्यक्रिया गरिएको थियो । पेरिसबाट फर्केपछि उनी पिसाब संक्रमणको लागि पाँच दिनसम्म अस्पतालमा भर्ना भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us