जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले बुधवार जारी गरेको १६ पृष्ठ लामो निर्वाचन घोषणापत्रमा पानीको महसुल छुट दिने लगायतका विषय समावेश गरिएको छ।

शुद्ध पिउने पानीको सुविधा नपुगेका घरवस्तीमा खानेपानी सुविधा पुर्याइनेछ तथन सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको दुई सय रुपियाँसम्मको खानेपानी बिल निःशुल्क गरिने घोषणापत्रमा लेखिएको छ ।

त्यस्तै, हरेक पालिकामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपैयाँ अनुदान घोषणा छ ।

यसैगरी, विद्यालय र घरवस्तीको दूरी एक घण्टाभन्दा बढी भएका विद्यार्थीहरुका लागि छात्रावास ‘होस्टल’ निर्माण, स्थानीय तहहरुले शिक्षामा कुल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि घोषणापत्रमा उल्लेख छ ।

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us