काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको सत्ता गठबन्धनको बैठकमा सहमति जुटेको छ। बुधबार ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंगिएको बैठकमा सहभागी एक नेताले बताए।
महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका कुनकुन दलले साझा उम्मेदवार उठाउने सहमति जुटाउन दलहरुको बैठक निरन्तर बसिरहेको थियो।
ती नेताका अनुसार, अन्तिम सहमति पत्रमा केही बेरमा हस्ताक्षर हुँदैछ। सहमति जुटाउन दलहरुको आन्तरिक र बहुपक्षीय बैठक बसेको थियो। त्यस्तो बैठकले सहमति गरेको हो।
ती नेताका अनुसार, अन्तिम सहमति पत्रमा केही बेरमा हस्ताक्षर हुँदैछ। सहमति जुटाउन दलहरुको आन्तरिक र बहुपक्षीय बैठक बसेको थियो। त्यस्तो बैठकले सहमति गरेको हो।

