गोरखा पालुन्टार नगरपालिकाको मेयरमा शिवराज पौडेलको नाम सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादीले गोरखा जिल्ला पालुन्टार नगरपालिकाको मेयरमा शिवराज पौडेलको नाम सिफारिस गरेको छ । जिल्ला पार्टीको बैठकले नेता पौडेलको नाम मेयरमा लागि सिफारिस गरेको हो ।

युवासंघ नेपालको जिल्ल्ला अध्यक्ष रहनुभएका पौडेल लामो समय देखि राजनीतिमा सक्रिय हुनुहन्छ । आफूले अवशर पाए युवा र विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाउने उहाँको प्रतिबद्धता समेत रहेको छ । उहाँ एक सफल व्यवसायी पनि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *