कपिलवस्तुको समसेर दल गण भित्र गोली चल्दा एक सैनिकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गण भित्र गोली चल्दा एक सैनिकको मृत्यु भएको छ ।

गोली लागेर गम्भीर घाइते भएकी सैनिकको मृत्यु भएको हो । बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट सिपाही कोपिला राजवंशी घाइते भएकी स्रोतले बताएको छ ।

घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us