चीनले ल्यायो आय बढाउनेदेखि शिशु स्याहारमा सहुलियतसम्मका योजना

बेइजिङ । चीनले घरेलु खर्च बढाउने ‘विशेष कार्य योजना’को घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाएपछि यसको आर्थिक प्रभाव कम गर्न यो कदम चालिएको हो ।

आइतबार सरकारले ल्याएको यो कार्य योजनामा सर्वसाधारणको आय बढाउनेदेखि शिशु स्याहार सहुलियत प्रणाली स्थापित गर्नेसम्मका व्यापक योजना छन् ।

यसमा पुराना कार र विद्युतीय सामान लिएर नयाँ दिने योजना पनि छ । यही महिनाको सुरुमा प्रधानमन्त्री ली खछ्याङले प्रमुख राजनीतिक बैठकमा गरेको वाचाका आधारमा यो योजना तयार पारिएको हो । लीले यो वर्षका लागि ५ प्रतिशतको आर्थिक वृद्धिको महत्त्वाकाङ्क्षी लक्ष्य तय गरेका छन् ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us