श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले कतिपय प्रतिष्ठानहरूले पारिश्रमिकको व्यवास्था पूर्णरूपमा परिपालन हुन नसकेको गुनासो आएको भन्दै उक्त ध्यानाकर्षण गराएको हो ।

सरकारले गत २०८० साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १७ हजार ३०० तोकेको थियो । त्यस्तै, सरकार चिया बगान क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक महँगी भत्तासहित १३ हजार ८९३ तोकेको थियो ।

तर कतिपय प्रतिष्ठानहरुले सरकारले तय गरेको न्यूनतम पारिश्रमिक समेत प्राप्त नगरेको गुनासो आएको विभागका प्रवक्ता मणिनाथ गोपले बताउनु भयो । विभागले अनियवार्य रूपमा श्रम अडिट गर्न समेत सबै प्रतिष्ठानहरूलाई आग्रह गरेको छ ।

प्रवक्ता गोपले कतिपय प्रतिष्ठानहरुले अडिटसम्बन्धी कानुनको पालना नगरेको गुनासो आएको उल्लेख गर्दै यस्तो नगर्न समेत सचेत गराए ।

उनले बालबालिकाहरुलाई श्रममा नलगाई बालश्रम तथा बाध्यकारी श्रम निवारणको वातावरण निर्माणमा सहयोग पु¥याउनसमेत आग्रह गरे ।

साथै विभागले सबै राजगारतादा तथा श्रमिकहरूलाई अविलम्व सामाजिक सुरक्षा कोषमा आवद्ध हुनसमेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us