नेकपा (एकीकृत समाजवादी) सिन्धुली जिल्ला कमिटीको पूर्ण बैठक सम्पन्न

नेकपा (एकीकृत समाजवादी), सिन्धुली जिल्ला कमिटीको १२औँ पूर्ण बैठक सम्पन्न भएको छ।

जिल्ला कमिटी अध्यक्ष चित्र लुङ्गेलीको अध्यक्षतामा एवं पार्टी पोलिटब्युरो सदस्य गङ्गा प्रसाद नेपालको प्रमुख आतिथ्यतामा बैठक समपन्न भएको हो। त्यस्तै बैठकमा प्रदेश अध्यक्ष भिम दाहाल, जानुका श्रेष्ठ, सूर्य पाख्रिनको उपस्थिति रहेको थियो।

चैत १५ गते सम्पन्न गर्न लागिएको मोर्चाको वृहत् जनसभासँगै पार्टीले अघि सारेको ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ लगायतका बारेमा बैठकमा छलफल भएको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us