अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकको मृत्यु

काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । विष्फोट हुँदा एकजनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले अनलाइनखबरलाई बताए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us