काठमाडौं । १० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुलको स्थापना भएको छ। काठमाडौं टेक्निकल स्कुलले पहिलो वर्षमै हस्पिटालिटी र केयरगिभरको क्षेत्रमा ठूलो मात्रमा सीप युक्त जनशक्ति तयार गर्ने योजना लिएको छ। प्रत्येक वर्ष ५ लाख युवायुवतीहरू नेपाली बजारमा प्रवेश गर्ने गरेका छन्। त्यो श्रम शक्ति देशभित्र खपत छैन।
विदेशमा जानेहरू विभिन्न रोजगारीमा जाने गरेका छन्। यो तुरुन्त सम्बोधन गर्नुपर्ने विषय हो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्कुलका अध्यक्ष मनोज शर्मा काठमाडौंसहित देशका प्रमुख शहरहरूबाट पनि सीपयुक्त जनशक्ति तयार गर्ने तयारी भइरहेको बताउँछन्।
उहाँकाअनुसार यो समस्या रोजगारीको नभइ सीपको हो। बजारमा रोजगारीका अवसरहरू छन् तर जसलाई रोजगारदाताहरूले खोजिरहेका छन् त्यस्तो सक्षम जनशक्ति बजारमा नरहेको उहाँको भनाइ छ। उपयुक्त जनशक्ति रोजगारदाताले पाएको अवस्था छैन। जनशक्ति छ तर सीपयुक्त जनशक्ति छैन। प्रत्येक वर्ष नेपालमा उत्पादन हुने जनशक्तिलाई सीपयुक्त बनाउने र बजारसँग जोड्ने काम गरिने बताए।
उनले निजी क्षेत्रबाट एकातिर बजारको माग पनि बुझ्ने र त्यहीअनुसार उद्योगधन्दा, प्रतिष्ठान, श्रमिकहरूलाई लक्षित गरेर ट्रेनिङहरू डिजाइन गर्ने तथा प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार गरी सीपका अवसरहरू प्रदान गर्ने योजना रहेको बताए।
अहिलेको बजार कस्तो छ ?
काठमाडौं टेक्निकल स्कुलकाअनुसार अहिलेको बजार हेर्दा तत्कालै रोजगारी पाइयोस् भन्ने युवाहरूको चाहना रहेको र थोरै समयमा पनि पढेर तयार हुने खालको कोर्सहरू सञ्चालन हुँदैछ।
अहिले पनि विशेष गरी हस्पिटालीटि र केयर गिभिङको क्षेत्रमा फोकस गरेर सीपहरू दिने काम भइरहे पनि आगामी दिनमा विभिन्न सेवा प्रदायकहरूसँग मिलेर सिटिभिटीको कोर्स, युएईको सिटि एन क्ङ्सि, अष्ट्रेलियाको सिआइबीटिसँग मिलेर विभिन्न कोर्सहरू डिजाइन गरेर तालिमहरू दिने काम भइरहेको शर्मा बताउँछन्।
शर्माकाअनुसार जब उनीहरूसँग मिलेर कोर्सहरू बनाइन्छ र सोहीअनुसारको जनशक्ति तयार गरिन्छ त्यसले परिणाम दिनसक्ने देखिन्छ। विशेष गरी केयर गिभर र हस्पिटालिटी सिक्न चाहेको उत्सुकता देखिएको छ, यसले उत्साहित बनाएको शर्माले बताए।
उनकाअनुसार अहिले जुन अदक्ष जनशक्तिले बजारमा रोजगारीका अवसरहरू खोजिरहेका छन्। नेपालभित्र र बाहिर पनि त्यो अवस्थालाई चिर्न सकिनेछ। नेपाली आन्तरीक बजारमा सीप र रोजगारीको असमझदारी जुन छ त्यसलाई सामाधान गर्नुपर्नेछ। त्यही भिजन लिएर अघि बढिरहेको अवस्था छ।
काठमाडौं टेक्निकल स्कुलले हस्पिटालिटी र केयर गिभिङमा शुरु भएको काम बिस्तार गर्नेछ भने इभि प्रविधिको क्षेत्र भएकाले यसको मर्मतसम्भारका लागि नयाँ जनशक्ति तयार गर्नुपर्ने आवश्यकतालाई समेत प्राथमिकतामा राख्नेछ।
तालिमका प्रकारहरू छोटो समय र लामो समय गरी दुई प्रकारका हुनेछन्। कोही नेपालीहरू बाहिर काम गरेर फर्केका छन् भने उनीहरूलाई रिफेर्सल कोर्सहरू दिने, अहिले काम गरिरहेकालाई क्षमता बिस्तार गर्ने हिसावले सीप दिन सकिने शर्मा बताउँछन्।