संसद् बैठक सूचना टाँसेर स्थगित, अवरोध खुलाउन सहमति जुटेन

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार सूचना टाँसेर स्थगित गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्न नसकी दिउँसो २ बजेसम्म सारिएको थियो । तर, दिउँसो २ बजे पनि बैठक नबसि भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद्का दुवै सदन प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण सञ्चालन हुन सकेका छैनन् । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको कारणबारे प्रधानमन्त्रीको स्पष्ट जवाफ माग गर्दै सदन अवरोध गरिरहेका छन् ।

अवरोध हटाउन सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षी दलहरूसँग संवाद जारी राखेका छन् । तर, हालसम्म सहमति जुट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us