काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुग्नुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा टेड्रोसको टोली नेपाल आएको हो । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रका अनुसार डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा पुनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु पनि सहभागी छन् ।