काठमाडौं । काठमाडौँको तिनकुनेमा भएको घट्ना सरकारको अकर्मण्यता र असक्षमताले घटेको भन्दै दु:ख व्यक्त गर्नुभएको छ । खनालले घट्नाका कारण मृत्युवरण गर्ने पत्रकार साथै सर्वसाधारणप्रति श्रद्धाञ्जली अर्पण गर्नुहँदै घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । उहाँले यस् घटना सरकारको कमिकमजोरी रहेको भन्दै सरकारको कार्यक्षमतामा समेत गम्भीर प्रश्न उठाउनु भएको छ।
एक विज्ञप्ति निकाल्दै खनालले कथित राजासमर्थितहरुबाट पार्टीको केन्द्रीय कार्यालयमा भएको व्यापक तोडफोड र आगजानी , पार्टी अध्यक्षको घर तोडफोड गर्ने दुष्प्रयास पुर्ण घटनाको निन्दा गर्नुभएको छ ।
त्यस्तै उहाँले भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने, ठाउँठाउँमा नीजि पसलहरु समेत लुट्ने र जडीबुटी उत्पादन कारखाना समेत जलाउने जस्ता काम अत्यन्त निन्दनीय, बिध्वंसकारी, अराजक र अराजनीतिक कृयाकलापहरु भएको भन्दै सम्पूर्ण कार्यहरूको आफू र पार्टीको तर्फबाट घोर भत्सना र विरोध गर्नुभएको छ । साथै उहाँले यस्तो अबस्थामा सरकारलाई यी बिध्वंसकारी र हत्यारा अपराधीहरुलाई तुरुन्त पक्राउ गर्न र कडा कार्यबाही गर्न जोडदार माग गर्नुभएको छ ।
खनालले सरकारलाई प्रश्न गर्नुहुँदै ‘सरकारले यस्तो बिध्वंसक गतिविधिलाई पनि किन नियन्त्रण गर्न सकेन ? समयमै पूर्व तयारी गर्न किन सकेन ? भन्नुहुँदै सरकारको अकर्मण्यता र असक्षमताको बारेमा प्रश्न उठाउनु भएको छ ।
खनालले यस् दु:खद् घटनाबाट पाठ सिक्दै क्रान्तिकारी शक्तिहरू, देश भक्तशक्तिहरू, वामपन्थीहरुलाई देशमा बिकास हुदैँ गएको यो जटिल परिस्थितिलाई गम्भीरतापूर्वक विश्लेषण गर्न आव्हान समेत गर्नुभएको छ ।
उहाँले सत्तामा रहेका यथास्थितिवादीहरूको अकर्मण्यताको बिरोध गर्दै पूनरुत्थानवादी राजावादीहरूको बिध्वंसक गतिविधिको देशव्यापी रुपमा विरोध र भण्डाफोर गर्न र गणतन्त्रको रक्षा गर्दै जनता र राष्ट्रलाई आमूल परिवर्तनको दिशातिर दृढतापूर्बक अघि बढ्न आव्हान समेत गर्नुभएको छ ।
