तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह: महानगरले ८ शीर्षक काट्यो पत्र (पत्र सहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवानावापत पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको छ। राजावादीहरुको शुक्रबार काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो ।

राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकेको छ ।महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काटेर जरिवाना तोकेको हो।

महानगरका अनुसार कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ, महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ, तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

यस्तै, जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ, बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ, सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख रुपैयाँ जरिवाना तोकेको महानगरले जनाएको छ ।

यस्तै, महानगरको दमकल फुटाएको १ लाख ३० हजार रुपैयाँ, तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड गरेको ४० हजार रुपैयाँ र तीनकुनेको आइल्याण्डमा तोडफोड गरेको २३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

तीनकुने वितण्डाको मुख्य दोषी ठहर गर्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रूपैयाँको बिल निर्मल निवासमा पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us