सामान्य अंकले उकालो लाग्यो नेप्से

काठमाडौं। आज बिहीबार शेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । बुधबार ३६ दशमलव ७३ अंकले घटेको बजार आज ४ दशमलव ९४ अंकले बढेर २ हजार ३२५ दशमलव ४५ विन्दुमा पुगेको हो।

बिहीबार २३१ वटा धितोपत्रको ३९ लाख ९१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। आज १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी अन्य समूहको २ दशमलव शून्य ५ प्रतिशतले बढेको हो।

त्यस्तै, जाल्पा सामुदायिक लघुवित्त र ग्रिन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा नेष्डो समृद्ध लघुवित्तको १० करोड ३६ लाखभन्दा बढी रुपैयाँको शेयर खरिद बिक्री भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us