काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी मंगलबार (चैत १९ गते) देखि १८ घण्टा सञ्चालनमा आउने भएको छ ।
मंगलबारदेखि विमानस्थल बिहान ६ देखि रातको १२ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
गएको कात्तिक २३ गतेदेखि विमानस्थल स्तरोन्नतिका लागि रातको समयमा बन्द हुने गरेको छ । सुरुमा १० घण्टा बन्द गरिएको विमानस्थल पछि आठ घण्टामा झारिएको थियो ।