काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता पुर्व प्रधानमन्त्री झलनाथ खनालले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फितरको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका दाजुभाईहरु तथा दिदीबहिनीहरुमा राष्ट्रिय एकता, सुस्वास्थ्य, दिर्घायु एंव उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको छ ।
खनालले एक शुभकामना सन्देश जारी गर्नुहुँदै भन्नुभएको छ , ‘मुस्लिम समुदायले मनाउने ईद उल फित्र पर्व पवित्र रमजान महिना सकिएको भोलिपल्ट पर्छ । त्यसैले मुस्लिम समुदाय सबैले रजमानको अन्तिम दिन साँझमा चन्द्रमा हेरिसके पछि भोलिपल्ट प्रार्थना गर्दै मेलमिलापका साथ खुशी साटासाट गर्छन । यस पर्वले मुस्लिम समुदायमा आपसमा मित्रता, भातृत्व र एकता बढाउँछ र विविधतामा आधारित नेपाली मात्रको राष्ट्रिय एकता, आपसी मैत्री र आस्थागत सहिष्णुतालाई प्रवर्धन गर्न ठुलो मद्धत गर्दछ ।’
उहाँले ‘यस पर्वका अवसरमा सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाईहरुमा फेरि पनि सु–स्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, प्रगति, समाजवाद र समृद्धिको बाटोमा दृढता पूर्वक अघि बढ्न म हार्दिक आह्वान गर्दछु।’ भन्नुभएको छ ।