आज प्रतिनिधिसभा बैठक बस्दै : कुलमान हटाएको बिषयमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आइरहेका छन् ।

आइतबार बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us