मार्च महिनामा हिमाल आरोहीबाट संकलन भयो १० करोडभन्दा बढी रोयल्टी

काठमाडौं । सन् २०२५ को मार्च महिनामा १० करोड १७ लाख ६६ हजार ७४ रोयल्टी जम्मा भएको छ । मार्च महिनाभरिमा विभिन्न हिमालमा १८ जना आरोहीबाट सो रकम बराबरको रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ ।

यीमध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै ७ करोड ६७ लाख ९२ हजार ६५० रोयल्टी उठेको छ । मार्चमा सगरमाथा आरोहणका लागि ५१ जना आरोही समूह त्यसतर्फ गएका छन् । सगरमाथामा चार समूहले आरोहण अनुमति लिएका छन् ।

अन्नपूर्णबाट एक करोड ६३ लाख ९६ हजार ९०२ रोयल्टी उठेको छ । उक्त हिमाल आरोहणको लागि ६६ जना आरोही पुगेका छन् । त्यसैगरी उक्त हिमालमा जानको लागि ६ समूहले अनुमति लिएका छन् ।

अन्य हिमालहरुमा लोत्सेबाट ३६ लाख ९४ हजार ९५०, मकालुबाट ३६ लाख ९६ हजार तीन सय, पोखार खाङबाट एक लाख ३९ हजार पाँच सय, थोराङ पिकबाट तीन लाख १३ हजार ६५०, सार्फुबाट ३४ हजार ८७५ रोयल्टी संकलन भएको विभागको तथ्यांक क छ ।

लोत्से र मकालुले समान एक-एक समूहले आरोहण अनुमति पाएकोमा १५-१५ जना उक्त हिमालमा पुगेका छन् । त्यस्तै पोखार खाङ, थोरङ पिक, सार्फु र लोत्सेले पन एक समूहले मात्रै आरोहण अनुमति पाएका छन् ।

मार्च महिनामा १० हिमालमा १७२ जना आरोही पुगेका छन् । जसमध्ये १८ समूह, १३२ पुरुष र ४० जना महिला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us