आजदेखि फेरि सडकमा उत्रँदै शिक्षकहरु: अनिश्चितकालीन सडक आन्दोलन गर्ने

काठमाडौं । देशभरका शिक्षकहरू आजदेखि फेरि सडकमा उत्रँदैछन् । गत माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले आजदेखि ‘काठमाडौँ जाऔँ अभियान’अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।

आन्दोलनबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए । आज दिउँसो विभिन्न स्थानबाट ¥यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको उनले छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ ।

यस्तै, भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए ।

आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनले बताए। काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us