एसइइ परीक्षा समाज सफल बनाउने महत्वपूर्ण सिंढी हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एसइइ परीक्षा समाज सफल बनाउने महत्पूर्ण सिंढी भएको बताउनुभएको छ । आजबाट सुरु हुने एसइइ परीक्षाको विद्यार्थीहरुलाई शुभकामना दिँदै उहाँले एसइइ परीक्षा समाजकै लागि महत्वपूर्ण रहेको बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ । ‘आजदेखि शुरूहुने SEE परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण भाई वहिनीहरूमा शैक्षिक सफलताको हार्दिक शुभकामना ! यहॅाहरूले यस परीक्षामा प्राप्त गर्ने सफलताले आफु, आफ्नो परिवार एवम् सिंगो समाजलाई सफल बनाउने कामको एउटा महत्वपूर्ण सिंढी चढ्न सफल हुने विश्वास समेत लिएको छु ।’

शिक्षा समाज सुधारको महत्वपूर्ण र अपरिहार्य पाटो हुनाले हरेक नागरिक शिक्षित हुनुपर्नेमा उहाँको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us