काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्टस र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार राति पौने ८ बजे लखनउको घरेलु मैदानमा सुरु हुनेछ। जारी प्रतियोगितामा लखनऊ आफ्ना तीनमध्ये एक खेलमा जित निकाल्दै २ अंकसहित तालिकाको सातौँ स्थानमा छ। समान तीन खेलबाट समान २ अंक जोडेको मुम्बई छैटौँ नम्बरमा छ।
दुवै टोली आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछन्। यसअघि गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादविरुद्ध ८० रनको फराकिलो जित निकालेको छ।