नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) गुल्मीको १२औं जिल्ला अधिवेशन चैत २६ गते हुँदै

गुल्मी, चैत २३ – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला समिति गुल्मीको आयोजनामा १२औं जिल्ला अधिवेशन यही चैत २६ गते गुल्मीको तम्घासमा हुने भएको छ।

अधिवेशनमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थिति रहनेछ। पार्टीको सांगठानिक संरचना सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्न आवश्यक रणनितीमाथि अधिवेशन केन्द्रित हुने आयोजकले जनाएको छ।

“दक्षिणपन्थी अवसरवादीताको विरोध गरौं, समाजवादको दिशामा अघि बढौं” भन्ने मूल नाराका साथ अधिवेशन सम्पन्न हुने तयारी भइरहेको छ।

कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ भने जिल्ला तथा स्थानीय तहका प्रतिनिधहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us