काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार विभिन्न क्षेत्रका विज्ञ १४ चिकित्सकहरुद्धारा एकैसाथ निःशुल्क ओपीडी सेवामा उपलब्ध गराउने भएको छ ।
अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिवार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र यूरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकहरूलाई निःशुल्क ओपीडी सेवामा उपलब्ध गराइने भएको हो । नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित विशेष ओपिडी सेवा शनिवार पनि सञ्चालन गर्न लागेको हो ।
शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म क्यान्सर स्क्रिनिङका लागि निःशुल्क ओपीडी सञ्चालन हुने अस्पतालले जनाएको छ ।
निःशुल्क क्यान्सर स्क्रिनिङ सेवामा डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा. श्वेता बराल, डा. विवेक खनाल, डा. एलिजा श्रेष्ठ, डा. बानिरा कार्की, डा. दीपक लामिछाने, डा. राजन कोजू र डा. सुदिप शाक्य उपलब्ध हुनेछन् । उनीहरु सबै क्यान्सर र सोसँग सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकहरु हुन् ।
यसैबीच, नर्भिकको वार्षिकोत्सवको अवसर पारेर क्यान्सरसँग सम्बन्धित ३ वटा हेल्थ प्याकेजहरु पनि सार्वजनिक गरिएको छ ।