दलहरुले गणतन्त्रको सही कार्यान्वयन गर्न नसक्दा राजावादी सल्बलाए : पुर्व प्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता पुर्व प्रधानमन्त्री झलनाथ खनालले गणतन्त्रको कार्यन्वयन सहि ढंगले हुन नसक्दा राजावादी हौसिएको बताउनुभएको छ । आज  गृह जिल्लाको विकास निर्माण को अवलोकन र निरिक्षणकालागी ईलाम पुग्नुभएका खनालले गणतन्त्र कार्यान्वयनमा भएका कमिकमजोरीमा टेकेर निरंकुशता फर्काउन राजावादीहरु सल्बलाईरहेको बताउनुभएको हो ।
खनालले गणतन्त्र आएपछि देशमा भुमि सुधार , कृषिमा  आधुनिकीकरण र उद्योग धन्दाको बिकासमा केन्द्रित भएर देशलाई आत्मनिर्भर बनाउँदै देशमै  रोजगारीको सृजना गर्नुपर्ने भएपनि त्यतातर्फ कसैको ध्यान जान नसकेको बताउनुभयो । गणतन्त्र आएपछि दल र सरकारले जतिकाम गर्नुपर्ने हो त्यो भएको छैन् ,  यसैको कारण जनतामा निरासा पैदा भएको उहाँको भनाई थियो ।  त्यसैलाई उपयोग गर्न सकिन्छ कि भनेर राजावादीहरुले राजातन्त्रको कुरा उठाईरहेको भएपनि जनताले यस्ताकुरालाई महत्व दिन नहुने खनालले बताउनुभयो । 
खनालले तिनकुने घट्नामा सरकारले एकतर्फी दोष देखाएर उम्कन नमिल्ने भन्दै आफ्नो पार्टी न्यायिक छानबिन आयोग बन्नु पर्छ भन्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो  ।
अहिले हरेक क्षेत्रमा दलाल पुँजीवादी हाबी हुँदै गएकोले सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र बामपंथी एकता गर्दै बैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको खनालको भनाई थियो ।

झलनाथ खनालद्वारा ७ करोड लागतको पुल उद्घाटन:

खनालले आजै  ईलाम जिल्लाको रोङ गाउँपालिका- वाड न ५  स्थित सुके निन्दा खोलामा उहाँकै पहलमा  ७ करोड लागत बनेको पक्की पुलको उद्घाटन गर्नुभएको छ । पुलको उद्घाटन गर्दै खनालले जिल्लाको विकासकोलागी आफुँले पहल गर्ने कुरामा कुनै कसर नराखेको बताउनुभयो । उहाँले ईलाम जिल्लामा मात्रै आफ्नै पहलमा ४० भन्दा बढि पुल निर्माण गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ,’ सम्भवत नेपालकै सबैभन्दा बढी पुल निर्माण गर्ने जिल्ला ईलामनै होला , ईलामेली जनताले मलाई सांसद , प्रधानमन्त्री बनाएका कारणपनि यो सम्भव भएको हो।’
खनालले सिलन्यास भएको ११ महिनामै पुल निर्माण सम्पन्न भएकोमा प्रशंसा गर्नुहुँदै  त्यसकालागी पहल गर्ने स्थानिय जनप्रतिनिधि , स्थानिय अगुवा ,स्थानियबासी लगायत समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनि समेतलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेश सांसद खिनु ल्वाङ्वा, जिल्ला समन्वय समितिका प्रमुख , रोङ गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्वो , स्थानिय अगुवा बृहस्पति खतिवडा लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । खनाल झापा हुँदै आजै ईलाम पुग्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us