आज सोमबार संघीय संसद्का तीन संसदीय समितिको बैठक बोलाइएको छ ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति र कानून समितिको बैठक बोलाइएको हो ।
संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ ।
बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।