भैरव रिसालको निधनप्रति पुर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा दु:ख व्यक्त

काठमाडौँ। वरिष्ठ पत्रकार भैरव रिसालको निधनमा पुर्व प्रधानमन्त्री झलनाथ खनालले दु:ख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । खनालले रिसालको देहावसानसंगै राष्ट्रले एक सिद्धहस्त व्यक्ति गुमाएको स्मरण समेत गर्नुभएको छ ।

खनालले भन्नुभएको छ , ‘भैरवजीको निधनले मलाई मर्माहत तुल्याएको छ। उहाँ(रिसाल) वामपन्थी आन्दोलनमा सहभागी हुनुभयो, पत्रकारिता गर्नुभयो, विभिन्न ढंगले नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र अखण्डताका निम्ति जे गर्दै आउनुभएको थियो, त्यो अतुलनीय छ, ।’ आईतवार मात्रै गृहजिल्ला पुग्नुभएका खनाल भन्नुहुन्छ, ‘पत्रकारितामा समेत उहाँको योगदान अन्त्यन्तै बढी छ। यो दुःखद क्षणमा म मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवार र आफन्तजनमा समवेदना प्रकट गर्न चाहन्छु।’

पूर्वप्रधानमन्त्री खनालले झन्डै सय वर्षमा निधन भएका रिसालले नेपाली जनता र देशका लागि धेरै लेखनी छाडेर गएको स्मरण गर्न भएको छ ।कालापानी क्षेत्रमा जनगणना गर्न गएको विषयलाई सम्झँदै खनालले अर्याललाई एकदमै देशभक्त र साहसिक व्यक्ति भएको भन्नुभएको छ ।

‘कालापानी क्षेत्रमा ५ वटा गाउँ छन्। त्यो क्षेत्रमा अर्याल नै गएर जनगणना गरेर त्यो भूभाग नेपालको हो भनेर देखाउनुभएको थियो,’ खनालले भन्नुभयो , यो कामबाट दृढ देशभक्त सावित भएको पुष्टि हुन्छ भने उहाँ जिउँदो एक उदाहरण हो जसले यो भूभाग नेपालकै हो भनेर चिनाइरहन सक्यो।’

रिसालको निधन भएसंगै श्रद्धाञ्जली दिने र सम्झना गर्ने क्रम जारी छ। ९७ वर्षीय उमेरमा निधन भएका रिसालका व्यक्तित्वका बारेमा अहिले चर्चापरिचर्चा भइरहेको छ।

मुटु र फोक्सोसम्बन्धी रोगबाट ग्रसित रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us