नेकपा(एस) बाट तुलसीपुर र बुटवल उपमहानगरपालिका उपप्रमुख पदमा दुई जना सिफारिस

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले तुलसीपुर उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकामा उपप्रमुख पदमा दुई जनाको नाम सिफारिस गरेको छ।

लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले पार्टी केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै पठाएको पत्रमा तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा जोगबहादुर राना र बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा चिनबहादुर गुरुङलाई सिफारिस गरिएको उल्लेख छ।

गठबन्धनअनुसार लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीलाई दुई उपमहानगरपालिकामा उपप्रमुख पद दिने सहमति अनुसार उम्मेदवारको नाम सिफारिस गरिएको हो। तुलसीपुर उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई प्रमुख पद दिने सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us