प्रतिपक्षी दलको अवरोधकाबिच सुदूरपश्चिम प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य

धनगढी। सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न नसकिरहेकाले सूचना टाँस गरेर पाँचौं अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

प्रदेश सभाको पाँचौं अधिवेशन गत साउन २७ गतेबाट सुरु भएको थियो । यो अधिवेशन अवधिभरि १९ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us