केजीएफ–२ को पहिलो हप्ताकै व्यापार ७ सय करोड भारतीय रुपैया

काठमाडौं। दक्षिण भारतीय सूपरस्टार यशको चलचित्र केजीएफ–२ बक्सअफिसमा लगातार रेकर्ड बनाउने चलचित्र बनेको छ ।

चलचित्रले पहिलो हप्तामा नै ७ सय करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्मको हिन्दी भर्जनले ७ दिनमा २५० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।

एक करोड रुपैयाँ बजेटमा बनेको यस चलचित्रले ७ दिनमै ७२०।३१ करोड भारु आम्दानी गरेको छ । यसअघि प्रभावको बाहुबली चलचित्रले ६ दिनमा ६५० करोड भारतीय रुपैयाँमा कारोबार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us