काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा नै हुने यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि एशियाली छनोटमा खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
क्यानले आज नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा कप्तान भट्टसँगै अभिषेक तिवारी, निरजकुमार यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलशाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा रहेका छन्।
प्रतियोगिता आगामी चैत ३१ गतेदेखि (अप्रिल १३-अप्रिल १९) वैशाख ६ गतेसम्म मूलपानीस्थित रहेको तल्लो र माथिल्लो दुवै मैदानमा खेलाइनेछ।
छनोटमा घरेलु नेपालसहित यूएई‚ अफगानिस्तान‚ हङकङ र ओमान समावेश रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल यूएईसँग चैत ३१ (अप्रिल १३) मा मूलपानी मैदानमा खेल्नेछ। दोस्रो खेल वैशाख १ गते ओमानसँग खेल्नेछ।
यसैगरी तेस्रो खेल वैशाख ३ गते (अप्रिल १६) मा हङकङसँग र चौथो तथा अन्तिम खेल वैशाख ६ गते (अप्रिल १९) मा अफगानिस्तानसँग खेल्ने तालिका छ।