बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक काठमाडौंमा बस्दै

काठमाडौं । बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक आज काठमाडौँमा बस्दैछ। बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नेछन्।

बैठक बिहान ९ बजे होटल सोल्टीमा शुरु हुने मन्त्रालयका योजना महाशाखा प्रमुख हरिबहादुर केसीले जानकारी दिए। उनका अनुसार बैठकमा बिमस्टेक सदस्य रहेका सात राष्ट्रमध्ये दुई राष्ट्रका कृषिमन्त्री बैठकमा सहभागी हुने र बाँकी राष्ट्रका मन्त्रीले ‘भर्चुअल’ सहभागिता जनाउनेछन्।

बैठकमा सहभागि हुन भारत र भुटानका कृषि मन्त्री हिजै काठमाडौं आइसकेका छन् । बैठकमा सदस्य राष्ट्रहरुमा कृषिको अवस्था, चुनौती र सहकार्यलगायत विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार बसेको सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका एजेण्डा तय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us