कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा सिफारिस

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा सिफारिस हुनुभएको छ । हालको मेयर समेत रहनुभएका थापालाई नेकपा एकीकृत समाजवादीले सिफारिस गरेको हो ।

सत्तागठबन्धनले अघिल्लो चुनावमा जुन पार्टीले जहाँ जितेको छ त्यसले त्यहीँ पाउने निर्णय गरेपछि उपत्यकाको मेयरमा एकल सनाखत गर्नुभएका थापाले पुन मेयर पाउने सम्भावना बढेको हो ।

यद्यपि, सत्तागठबन्धनबाट सो विषय टुंगो लाग्न भने बाँकी नै छ । करिब ५ वर्ष कागेश्वरीको मेयर भएर कार्यकाल सम्हाल्नुभएका थापाले नगरपालिकामा राम्रो काम गरेको चर्चा पनि उत्तिकै छ ।

नेपाली कांग्रेसका उम्मेद्वारले पनि मेयरमा लड्ने दाबी गरेपनि उक्त नगरपालिकामा भने थापाकै सम्भावना उच्च छ । नगरपालिकामा काम गरेको पूर्ण अनुभव हासिल गरेकाले पुन मेयरमा जिते थप राम्रो काम गर्ने पनि उहाँको प्रतिबद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us