कर्णालीको विकास गर्न एक भएर अघि बढौं : प्रकाश ज्वाला

जुम्ला। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागि जनप्रतिनिधि एकजुट भएर ठोस योजना बोकेर अगाडि बढ्नु पर्ने बताउनुभएको छ ।

नेकपा एस जुम्लाको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले जनप्रतिनिधि भएर मात्र नभई सबैसँग सहकार्य गरेर अगाडि बढ्ने हो भने कर्णालीको मुहार फेरिन समय नलाग्नेमा जोड दिनुभयो ।

जुम्ला पुगेका पूर्व मन्त्री समेत रहेका ज्वालाले आफु भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा कर्णालीमा कर्णाली काेरिडोरसहितका राजमार्गमा बजेट आएको दाबी समेत गर्दै यहाँका सबै जनप्रतिनिधिले पनि एक जुट भएर अगाडि लाग्ने हो भने थप विकास गर्नमा सघाउ पुग्नेमा जोड दिनुभयो ।

उहाँले अब कराएर, गाली गरेर मात्रै विकास नहुने व्यङ्ग्य गर्दै समन्वय सहकार्य र योजना बनाएर अगाडि बढेमा मात्रै विकास सम्भव छ । उपाध्यक्ष ज्वालाले राजावदीको क्रियाकलपलाई लक्षित गर्दै अहिले प्रतिगामी तत्त्वहरू चलमलाउन थालेको हुँदा फेरि राजतन्त्र आउछ भनेर भन्नु दिवा सपना रहेको ठोकुवा गर्नुभयो ।

उहाँले चैत १५ गते काठमाडौंका भृकुटीमण्डपमा समाजवादी मोर्चाले संयुक्त रूपमा गरेको बृहत् जनसभाले गणतन्त्र प्रतिको भरोसा कति रहेछ भन्ने निर्धारण गरिसकेकोमा जोड दिनुभयो । यसका साथै गणतन्त्रको पक्षमा लाग्न समेत नेता कार्यकर्तालाई निर्देशन गर्नुभयो ।

नेकपा एसका कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव चन्द्रबहादुर शाहीले प्रतिगमनले गणतन्त्रमाथि विभिन्न प्रकारका आरोप लगाएर भाड्न खोजेकाले एस डटेर अगाडि बढ्नेमा जोड दिनुभयो । उहाँले कर्णालीको विकासका लागि कर्णाली राजमार्ग, नाग्म गमगडि राजमार्गमा सरकारले बजेट वृद्धि गरेर न्याय दिनुपर्नेमा जोड दिनुभयो । उहाँले रारा सिंजा जस्ता पर्यटकीय स्थलमा अहिले पनि आधार नभएकाले प्रयाप्त बजेट तथा योजना निर्माणका लागि अनुरोध गर्नुभयो ।

नेकपा एस जुम्लाका सहइन्चार्ज तथा कर्णालीका पूर्व मन्त्री पदम रोकायाले आफु कर्णालीको सरकारमा हुँदा जुम्ला सदरमुकाम सिंजा जोड्ने सडक, सदरमुकाम भुलभुले जोड्ने सडक, सिंजा खत्याड जोड्ने सडक जस्ता योजनासहित विद्यालयका भवनहरूमा पनि बजेटमा प्रथामिकता दिइएको जानकारी दिनुभयो । एस जुम्लाका अध्यक्ष दयादत्त हमालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पार्टीका कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र पुरी, केन्द्रीय निर्वाचन आयोग अध्यक्ष इन्द्रकुमार शर्मालगायतका नेता कार्यकर्ताहरूको अधिवेशनमा सहभागिता रहेको अधिवेशन जुम्ला बजारमा र्‍याली गरेर सुरु गरिएको युवा नेता एकीकृत समाजवादीका कर्णाली सदस्य कमल खत्रीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us