आज एमालेले स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवार टुङ्गो लगाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारको शनिवार टुङ्गो लगाउने भएको छ। 

उम्मेदवारबारे निर्णय गर्न शनिवार पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बस्ने बैठक दिउँसो तीन बजेका लागि बोलाइएको एमाले प्रचार(प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो । 

वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि बैठकबाट हुने रिजालको भनाइ छ। एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us