चोभार सुख्खा बन्दरगाहमा तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरको संख्या बढ्यो

काठमाडौँ । चोभार सुक्खा बन्दरगाहमा कन्टेनरहरु आउने क्रम बढ्दै गएको छ।

जाँचपास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरु जाँचपासका लागि चोभारमा आउने क्रम बढेको हो।

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख उषा पोखरेलले तातोपानी, रसुवा नाकाबाट आउने मालवस्तुहरु चोभार सुख्खा बन्दरगाहमा पहिलाभन्दा धेरै कन्टेनरहरु जाँचपास परीक्षणका लागि आउन थालेको बताइन्।

उनका अनुसार गोदामको समेत व्यवस्था भएकाले व्यवसायीहरुको रोजगाईमा चोभार परेको हुनसक्छ। भन्सार कार्यालयले छिटो छरितो जाँचपास गर्ने गरेको उनले बताइन्।

‘तातोपानीबाट जाँचपास हुनका लागि चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेनरहरु आएका छन्। जाँचपास प्रयोजनका लागि भनेर ट्रान्जिट मोडुल विधि प्रयोग गरेर तातोपानी र रसुवा नाकासमेत खुला गरेको अवस्थामा अहिले कन्टेनरहरु जाँचपास हुने क्रममा वृद्धि हुँदै गएको छ‚’ उनले भनिन्‚ ‘योभन्दा पहिले एक महिनाअघि यसै किसिमका कन्टेनरहरु जाँचपाँस गरिसकेका छौँ। जुन तातोपानीको रुट प्रयोग गरेर आएका थिए। अर्को कम्पनीले समेत जाँचपासका लागि सामान ल्याउन थालिसकेको छ। यसरी तातोपानी, रसुवा नाकाबाट आउने मालवस्तु चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास परीक्षण हुँदै आएको छ।’

यो आर्थिक वर्षका लागि तोकिएको राजश्वका लक्ष्यहरु हासिल हुनेछन्। जाँचपासका लागि कन्टेनरहरु बढ्दै जाँदा राजश्व संकलन वृद्धि हुनेछ।

व्यवसायीको दृष्टिकोणबाट हेर्दा जाँचपास गर्दा सामान ल्याएर गोदाममा थन्काएर आफ्नो अनुकूलताअनुसार जाँचपास गराउन सक्छन्। गोदामहरुको उचित व्यवस्था भएका कारणले पनि उनीहरुलाई पनि सहज हुनेछ।

शुक्रवार मात्रै डाइरेक्ट बाइ नामक कम्पनीले चोभारमा भन्सार जाँचपासका लागि कन्टेनरहरु ल्याएको थियो। कम्पनीका अध्यक्ष सुशील थापाले तातोपानी, रसुवागढीमा गोदाम स्पेस कम भएका कारणले पनि चोभार रोज्नु परेको बताए।

उनका अनुसार ती भन्सारमा क्लियरिङमा समेत ढिलाइ हुने गरेको छ। त्यसको कारण रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी हुनु हो।

‘तातोपानी र रसुवागढीमा गोदाम स्पेस कम भएका कारण काठमाडौँ रोज्नुपरेको हो। त्यहाँ क्लियरिङमा समेत ढिलाइ भइरहेको थियो। त्यसमा फास्ट होला भनेर यहाँ ल्याइएको हो‚’ उनले भनिन्‚ ‘रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी छ। काठमाडौँ जाँचपासका लागि ल्याउँदा सहज भएकाले र विजनेसमा ग्रोथ गर्ला भनेर जाँचपासका लागि काठमाडौँ चोभार भन्सार कार्यालयमा ल्याइएको हो।’

उनले काठमाडौँ जाँचपासका लागि ल्याउँदा सहज भएको र जाँचपास छिटो हुँदा आफ्नो व्यापारमा समेत राम्रो गर्नसक्ने भएकाले जाँचपासका लागि काठमाडौँ चोभार भन्सार कार्यालयमा ल्याइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us